३ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गाडी दुर्घटना गराएका छन् । उनले सिक्ने क्रममा सरकारी नम्बर प्लेटको गाडी पर्खालमा ठोक्काएका हुन् । बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कोरपियो पिकअप जिप दुर्घटनामा परेको जानकारी दिइएको छ । उक्त घटना सभामुखको निवासमै पाँच दिने
३ जेठ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन् । तारीखेत छोरीको घरमा बस्दै आउनुभएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । साँझ नै परिवारले खोजी गरे
३ जेठ, लमजुङ । पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो । केन्द्रको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको मौरीजोन सञ्चालक समन्वय समितिले जनाएको छ । जिल्लाभरिका व्यवसायीले उत्पादन गरेका मह प्रशोधन गर्नका
३ जेठ, कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त
३ जेठ, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले हिलिहाङ गाउँपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र नौ वर्षीया गङ्गा सुवेदीको ट्याक्टरबाट खसेर निधन रहेको जानकारी दिए । ट्याक्टर चढेर
३ जेठ, बागलुङ । दुई वर्षपहिले बागलुङ-कुश्मिशेरा सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि बलेवा क्षेत्रका कैयौँ गाउँमा सडक यात्रा सहज भएको छ । एक्काइस किलोमिटर बागलुङ-कुश्मिशेरा सडकको एक किलोमिटर खण्ड मात्रै कालोपत्र हुन बाँकी छ । सो सडकको एक्लेसालमा तीन वर्षपहिले खसेको पहिराले बेलाबेलामा दुःख दिने गरेको छ । अन्य ठाउँमा
३ जेठ, मनाङ । पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ ।
३ जेठ, सङ्खुवासभा । तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न
३ जेठ, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् । यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताउनुभयो ।
३ जेठ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको