Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आधुनिक उपकरणबाट च्याङ्ग्राको भूवा सङ्कलनतर्फ किसान


३ जेठ, मनाङ । पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना तथा मनाङको नार्पाभूमि गाउँपालिकाको स्थानीय संयोजनमा च्याङ्ग्रापालक किसानका लागि भूवा सङ्कलनसम्बन्धी अनुशिक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।

गत वर्ष इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक सहयोगमा मुस्ताङमा सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित भएका नेपाली प्रशिक्षकद्वारा मनाङका किसानलाई भूवा सङ्कलनको आधुनिक विधिबारे तालिम दिइएको हो । मनाङको नारमा सम्पन्न तालिममा २१ जना च्याङ्ग्रापालक किसानको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले च्याङ्ग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे धेरै किसानमा अझै ज्ञानको अभाव भएको अवस्थामा यस किसिमको तालिमले आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारे जानकारी हुन गई आगामी दिनमा नेपाली पश्मिनाका लागि चाहिने कच्चापदार्थ भूवाको उत्पादन स्वदेशमा नै वृद्धि सकिने बताए ।

“तालिमबाट स्थानीय किसानले च्याङ्ग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे जानकारीमात्र होइन भूवा झिक्ने कामलाई कसरी आधुनिकविधि र उपकरणबाट सहज बनाउन सकिन्छ भन्नेबारे बुझ्ने अवसर चाङ्ग्रा किसानले पाए । यस्ता तलिमले स्वदेशमै भूवा उत्पादनको मात्रा र गुणस्तर दुबै बढाउन सकिने देखिन्छ” कार्कीले भने ।

गाउँपालिकाका जनप्रतिनिधिले च्याङ्ग्रापालक किसानको क्षमता अभिवृद्धिमार्फत भूवा उत्पादन वृद्धिका लागि स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच सहकार्यको आवश्यकता औंँल्याएका थिए । तालिमको अवसरमा आधुनिक तरिकाले भूवा निकाल्नको लागि प्रयोग हुने २० थान काइँयो स्थानीय जनप्रतिनिधिहरूमार्फत किसानलाई वितरण गरिएको थियो । सरकारले हालै सार्वजनिक गरेको पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिले पनि च्याङ्ग्रापालन प्रवद्र्धनमार्फत भूवा तथा तयारी पश्मिना उत्पादनलाई बढोत्तरी गर्दै सन् २०२६ सम्ममा नेपालबाट पश्चिमना निर्यात सात करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ । सन् २०२१ मा नेपालबाट कूल १.९३ करोड अमेरिकी डलर बराबरको तयारी पश्मिना निर्यात भएको थियो ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?