२८ जेठ, कास्की । कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं ७ हंसपुरका बासिन्दा पछिल्लो समय मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन् । मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसङ्गति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो । स्थानीय विभिन्न सङ्घसंस्था, समाजसेवी, वुद्धिजीवीसहितको सहगितामा शनिबार
२८ जेठ, नवलपुर । घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ७० गाईभैँसी मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन् । विज्ञ केन्द्रका प्रमुख डा ऋषभ
२८ जेठ, चितवन । चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् । यो अवस्था सिर्जना गरेका हुन् सामाजिक
२८ जेष्ठ ,महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाए । “जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ
२८ जेष्ठ ,गलेश्वर । खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन् । पानी नपर्दा
२८ जेष्ठ ,गोरखा । गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा
२८ जेष्ठ ,काठमाडौँ । समाजवादी पे्रस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका
२८ जेष्ठ ,मान्म । कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा परेर जिप चालक शुभकालिका–२
२८ जेष्ठ ,काठमाडौँ । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएका छन् । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गरिन् । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार
२८ जेष्ठ ,पाँचथर । पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो । मध्यपहाडी क्षेत्रमा फलफूल बालीको