Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

प्रदेश समाचार


मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व सङ्कलन

२ ,श्रावण ,मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ । जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा, वन लसुन, जिम्बु, टिमुर, निगालो जस्ता जङ्गली जडीबुटी बिक्रीबाट उक्त राजस्व सङ्कलन भएको अन्नपूर्ण

ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

२ ,श्रावण ,झापा । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । नेपाल कृषि तथा

बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस

२ ,श्रावण ,किमाथाङ्का । सङ्खुवासभामा गत असार २ गते राति अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरामा परेर बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो । केही

कामपामा प्लास्टिकको प्रयोग गर्न निषेध

२ ,श्रावण ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । कामपाले हिजो १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । कामपाको प्रमुख बालेन्द्र साहले गत असार ६

महिला मृतावस्थामा फेला

२ ,श्रावण ,डुम्रे । तनहुँको व्यास नगरपालिका–१३ बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको छ । मादीसेती नदीको सङ्गमस्थलभन्दा करिब सात सय मिटर तल नदी किनारमा करिब ४०/४५ वर्षकी महिलाको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नामथर, वतन केही पनि नखुलेको महिलाको शव नदीको पानीमा

पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी

२ ,श्रावण ,तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन् । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

२ ,श्रावण ,काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

  २ ,श्रावण ,काठमाडौँ ।नेकपा ( एकीकृत समाजवादीको ) केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजे बैठक बस्नेछ।  शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले आफ्नो आफ्नो धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। छलफलमा सहभागी नेताहरुले समसामयिक

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ हुने

२ ,श्रावण ,काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाआज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सोमबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हुदा निवेदकका कानून व्यवसायीहरुको बहस नटुंगिएपछि आज पनि सुनुवाइ हुने भएको छ । ललिता निवासको सरकारी जग्गा

जुम्लामा नुन डिपोमा तोडफोड

१ ,श्रावण ,काठमाडौँ । जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै आइतबार डिपोमा उपभोक्ताले तोडफोड गरेका छन् । नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । “नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयमा क्षति भएको छ”, कार्यालय प्रमुख

सम्वन्धित समाचारहरु