Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ हुने


२ ,श्रावण ,काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाआज पनि सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सोमबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हुदा निवेदकका कानून व्यवसायीहरुको बहस नटुंगिएपछि आज पनि सुनुवाइ हुने भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा पक्राउ परेका ४ जनाले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।

सचिव कृष्णबहादुर राउत, व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरण रिट दिएका हुन् ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?