Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

महिला मृतावस्थामा फेला


२ ,श्रावण ,डुम्रे । तनहुँको व्यास नगरपालिका–१३ बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको छ ।

मादीसेती नदीको सङ्गमस्थलभन्दा करिब सात सय मिटर तल नदी किनारमा करिब ४०/४५ वर्षकी महिलाको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नामथर, वतन केही पनि नखुलेको महिलाको शव नदीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार असार ३० गते दिउँसो महिला शव तैरिरहेको अवस्थामा भेटिएको हो ।

“गहुँगोरी वर्णको मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडिसकेको, टाउकोको बाहिरी छाला गलिसकेकाले कपालको भाग नभएको अवस्थामा महिलाको शव भेटेका थियौँ”, उनले भने , “शरीरको भाग फुलेको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टासहितको सुनजस्तो देखिने पहेलो रङको मुन्द्रा एक थान, नाकमा सोही प्रकारको फुली एक थान र घाँटीमा रातो गेडीवाला पोते भएको माला र बायाँ हातमा रातो चुरा लगाएको अवस्थामा भेटिएको थियो ।”

हालसम्म मृतक महिलाको सनाखतका लागि कहीँ कतैबाट आफन्त प्रहरी कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरीले आफन्त तथा परिवारजनलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?