११ भदौ, पोखरा । पशुपक्षीको उपचारमा स्तरीय सेवा दिन कास्की र तनहुँमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेका ती अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । कास्कीको पोखरा–१२ माटेपानी र तनहुँको दमौलीमा प्रदेशस्तरीय नमुना पशुपक्षी अस्पताल बन्न लागेको कृषि
११ भदाै, गोरखा । गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा रु चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको
११ भदौ, रसुवा । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको
११ भदाै, कैलाली । पत्थरीको अपरेशनका क्रममा कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा बिरामीको मृत्यु भएको छ । पत्थरीको अपरेशन गर्दा मिर्गाैला निकालिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । उनी शनिबार दिउँसो सो अस्पतालमा भर्ना भएका थिए । उनको दुवै मिर्गौलामा ११ र ९
११ भदौ, काठमाडाैँ । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास
११ भदाै, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका
११ भदौ, धादिङ । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् । गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको
११ भदाै, बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गथ्र्यो । तर पछिल्लो समय बागलुङ बजारदेखि यहाँका मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय
११ भदाै, लुम्बिनी । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरे ।
११ भदौ, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने छ ।