७ वैशाख, बैतडी । बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । बैतडीमा पाँच सय ६२ विद्यालयमा कक्षा १ देखि १० सम्म आवश्यक सबै ६८ हजार पाठ्यपुस्तक आइपुगेको शर्माले
७ वैशाख, बाँके । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट,
७ वैशाख, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ। बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिँढीमा अचानक कोब्रा देखापरेको हो। कोब्रा हेर्नेको भीड लागेको बेनी-९ घतानका चक्रबहादुर केसीले बताए। नौ वर्षदेखि पक्षी तथा जंगली प्राणीको खोजअनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर
७ वैशाख, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला
७ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका -६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको
७ वैशाख, गोरखा। नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराैँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमा धादिङ
७ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। १० वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले १ हजार ८०० क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी।
७ वैशाख, काभ्रे । खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा
७ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना दिएको प्रदेशसभा सचिवालयका सूचना
७ वैशाख, काठमाडाैँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ ।