Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

प्रदेश समाचार


लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

११ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए हुन् । लुम्बिनी प्रदेशमा ८७ जना सदस्य छन् । बहुमत पाउनका लागि ४४ सांसदको आवश्यकता पर्नेमा गिरीको पक्षमा ३३ मत मात्रै

बारामा मतगणना सुरू

११ वैशाख, बारा । उपनिर्वाचन भएको बाराको क्षेत्र नम्बर १ मा मतगणना सुरू भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेता पनि करीब डेढ घण्टा ढिलो मतगणना सुरू भएको हो । बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेलाई पाँच हजार मतको अग्रता

११ वैशाख, तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उनले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता

चितवनमा १ बजेदेखि मतगणना सुरू हुने

११ वैशाख, चितवन । चितवन २ मा १ बजेदेखि मतगणना सुरू हुने भएको छ । बिहान ९ बजे बसेको सर्दलीय बैठकले १ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो । एमाले र कांग्रेसका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आचारसंहिता मिचेको भन्दै उजुरी दिएको र सो उजुरीको उचित निर्णय नभएसम्म

डढेलोले वन सखाप

११ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका

बारामा ११ बजेदेखि मतगणना सुरू हुने

११ वैशाख, बारा । बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरु समयमा नआएकाले ढिलाई भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । भर्खरै

स्वर्णिम वाग्लेले कटाए १० हजार मत, दोब्बर मतान्तरले अघि बढ्दै

११ वैशाख, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् । तनहुँ १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहँदा वाग्लेले १० हजार २५९ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका गोबिन्द भट्टराईको पक्षमा ५ हजार ३ मत परेको छ भने एमालेका सर्वेन्द्र खनाल १ हजार

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

११ वैशाख, पोखरा । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गरेकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकामा

साथीले बोकेको बन्दुक पड्कँदा एक जनाको मृत्यु

११ वैशाख, नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका पञ्च घलेको साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ । शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका

घट्यो जडीबुटी निकासी

११ वैशाख, दाङ । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा

सम्वन्धित समाचारहरु