Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेलाई पाँच हजार मतको अग्रता


११ वैशाख, तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उनले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता लिएका हुन् । हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले दस हजार दुई सय ५९ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार तीन मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को मतगणना सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली कांग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा (एमाले)का खनालले ५४ मत प्राप्त गरे ।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, नेपाली कांग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा ९एमाले०का खनालले एक सय आठ मत प्राप्त गरे ।

आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १८, नेपाली कांग्रेसका भट्टराईले चार सय एक र नेकपा (एमाले)का खनालले एक सय ९१ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–४ मा छ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ३२, नेपाली कांग्रेसका भट्टराईले दुई सय ३७ र नेकपा (एमाले)का खनालले ८५ मत प्राप्त गरे । आँबुखैरेनी–५ मा पाँच सय ७० मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ७१, नेपाली कांग्रेसका भट्टराईले एक सय ४९ र नेकपा (एमाले)का खनालले २८ मत प्राप्त गरे । आँबुखैरेनी–६ मा सात सय चार मत खसेकामा रास्वपाका वाग्लेले दुई सय ८१, नेपाली कांग्रेसका भट्टराईले दुई सय ५९ र नेकपा ९एमाले०का खनालले एक सय ३० मत प्राप्त गरे ।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली कांग्रेसका भट्टराईले चार सय १८ र नेकपा ९एमाले०का खनालले तीन सय ५१ मत प्राप्त गरे । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली कांग्रेसका भट्टराईले चार सय ८२ र नेकपा ९एमाले०का खनालले तीन सय ९४ मत प्राप्त गरे । भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा ९एमाले०का खनालले दुई सय ३७ मत प्राप्त गरे ।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली कांग्रेसका भट्टराईले तीन सय १२ र नेकपा ९एमाले०का खनालले दुई सय ७० मत प्राप्त गरे । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली कांग्रेसका भट्टराईले चार सय ५८ र नेकपा (एमाले)का खनालले चार सय ३७ मत प्राप्त गरे ।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ५१ र नेकपा (एमाले)का खनालले तीन सय २९ मत प्राप्त गरे । भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ९३ र नेकपा (एमाले)का खनालले एक सय ८३ मत प्राप्त गरे । तनहुँ क्षेत्र नं १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?