Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बारामा ११ बजेदेखि मतगणना सुरू हुने


११ वैशाख, बारा । बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरु समयमा नआएकाले ढिलाई भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकबाट सोमबार बिहान ११ बजेबाट मतगणना सुरु हुने गरी सहमतिबाट निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

मतगणनाका लागि बाराको सदरमुकाम कलैयास्थित शैक्षिक तालिमको सभाहलमा सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?