Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

प्रदेश समाचार


रास्वपाको कुनै दलसँग दुश्मनी छैन : सभापति लामिछाने

३० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ

आफ्नै बहिनी पर्नेलाई ३५ हजार भारूमा बिक्री गर्ने तामाङ पक्राउ

३० चैत्र, काठमाडाैँ । नातामा आफ्नै बहिनी पर्नेलाई बिक्री गरेको  आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका ओम बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार प्रेम लामा भनिने ओम तामाङले नातामा आफ्नै बहिनी पर्नेलाई भारतको दिल्लीमा रहेको वेश्यालमा बेचेको पाइएको

हुम्लाको ताँजकोटमा आँखा शिविर

३० चैत्र, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो ।

कर्मचारी अभावले सेवाग्राही मारमा

३० चैत्र, बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा

मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा

३० चैत्र, भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

३० चैत्र, बैतडी । बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट

घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल

३० चैत ,लुम्बिनी । कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् । व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक

मन्त्रीको घर तोडफोड

२९ चैत्र, काठमाडाैँ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड भएको छ । उनको काठमाडाैँको पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको हो । छापामार शैलीमा घर तोडफोड भएको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले आपत्ति जनाएको छ । ‘कोशी प्रदेश नामकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक

सगरमाथा आरोहणका क्रममा तीनजना शेर्पाको मृत्यु, शव निकाल्न पनि सकिएन

२९ चैत्र, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा तीन जना नेपाली शेर्पाको मृत्यु भएको छ । बुधबार सगरमाथामा गएको हिमपहिरोमा परेर उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ । मृत्यु हुनेमा खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेको जानकारी दिइएको छ । उनीहरूको हेलिकप्टरबाट

ढुङ्गाले लागेर घाइते भएका व्यक्तिको सांसद् बजगाईंको पहलमा हेलिकप्टरमार्फत उद्धार

२९ चैत्र, गोरखा । ढुङ्गाले लागेर घाइते भएका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरी नजिकैको भिरमा माथिबाट खसेको ढुङ्गाले लागेर धार्चे गाउँपालिकाका ४८ वर्षीय गणेश गुरुङ घाइते भएका थिए । ढुङ्गाले लागेर गम्भीर घाइते भएका गुरूङको राजेन्द्र बजगाईंको पहलमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सम्वन्धित समाचारहरु