Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

आफ्नै बहिनी पर्नेलाई ३५ हजार भारूमा बिक्री गर्ने तामाङ पक्राउ


३० चैत्र, काठमाडाैँ । नातामा आफ्नै बहिनी पर्नेलाई बिक्री गरेको  आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका ओम बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार प्रेम लामा भनिने ओम तामाङले नातामा आफ्नै बहिनी पर्नेलाई भारतको दिल्लीमा रहेको वेश्यालमा बेचेको पाइएको छ ।

उनले २०५४ सालको भदाैमा काठमाडाैँमा राम्रो काममा लगाइदिने भन्दै प्रलोभनमा पारी युवतिलाई ललाइफकाइ भारतको दिल्लीको कोठीमा पुर्याएका थिए । उक्त समयमा उनले युवतीलाई ३५ हजार भारूमा बेचेको पाइएको छ ।

४ वर्षसम्म शारीरिक यातना सहेकी युवतीले २०५८ साल भदाै २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा तामाङविरूद्ध जाहेरी दिएकी थिइन् । निरन्तर खोजी सुचिमा रहेका तामाङ २६ गते काठमाडाैँको भगवानपाउबाट पक्राउ परेका थिए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?