Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आफ्नै बहिनी पर्नेलाई ३५ हजार भारूमा बिक्री गर्ने तामाङ पक्राउ


३० चैत्र, काठमाडाैँ । नातामा आफ्नै बहिनी पर्नेलाई बिक्री गरेको  आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका ओम बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार प्रेम लामा भनिने ओम तामाङले नातामा आफ्नै बहिनी पर्नेलाई भारतको दिल्लीमा रहेको वेश्यालमा बेचेको पाइएको छ ।

उनले २०५४ सालको भदाैमा काठमाडाैँमा राम्रो काममा लगाइदिने भन्दै प्रलोभनमा पारी युवतिलाई ललाइफकाइ भारतको दिल्लीको कोठीमा पुर्याएका थिए । उक्त समयमा उनले युवतीलाई ३५ हजार भारूमा बेचेको पाइएको छ ।

४ वर्षसम्म शारीरिक यातना सहेकी युवतीले २०५८ साल भदाै २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा तामाङविरूद्ध जाहेरी दिएकी थिइन् । निरन्तर खोजी सुचिमा रहेका तामाङ २६ गते काठमाडाैँको भगवानपाउबाट पक्राउ परेका थिए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?