१८ ,श्रावण , गोदावरी । ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका
१८ ,श्रावण ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र
१७ ,श्रावण ,काठमाडौँ । राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् । यी तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरवासीको गुनासो छ ।
१७ ,श्रावण ,काठमाडौँ । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान
१७ ,श्रावण ,गण्डकी । स्थानीयवासीको अवरोधसँगै एक सातायता पोखराको फोहर व्यवस्थापन गर्न नसकिएपछि यहाँको दमकल शाखा परिसरमै पुरिएको छ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलसाइटमा फोहर पुर्याउन नसकिएपछि दमकल शाखा परिसरमै पुरिएको हो । फोहर नउठेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेपछि उक्त फोहर उठाएर महानगरपालिकाको दमकल शाखामा ल्याइएको
१७ ,श्रावण ,झापा । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन्
१७ ,श्रावण ,विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९)
१७ श्रावण, पोखरा । पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका लागि प्रदेश सरकारमार्फत विनियोजित १० करोडबाट भौतिक संरचनाको काम अघि बढाइएको महेन्द्र गुफा चमेरे गुफा
१७ श्रावण, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो । फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना
१७ श्रावण, कर्णाली । कर्णाली प्रदेश सरकारले विद्युत्सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ । प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सो ऐन निर्माण गर्न लागिएको होे । ऐन निर्माणपछि कर्णालीमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुग्ने अपेक्षासहित प्रदेशसभामा विद्युत्सम्बन्धी विधेयक टेबुल गरिएको छ । आज बसेको दोस्रो