Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण


१७ ,श्रावण ,काठमाडौँ । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो ।

ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए । उपत्यकामा ग्वार्काेसँगै दुई चोक गरी जम्मा तीन चोकमा अध्ययन भएको थियो । उनले भने, “पहिलो चरणमा ग्वार्काे चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ ।”

यी दुई चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको उनले बताए । सहमति भएमा ठेक्का यही वर्ष पनि ठेक्का हुनसक्ने उनले बताए । यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ । ग्वार्काे चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए ।

यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्ने उनले जानकारी दिए । संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्ने उनको भनाइ छ । विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको उनको भनाइ छ । उनले भने, “एउटै वा दुवै निर्माण गर्ने भन्ने बजेट जसरी विनियोजन हुन्छ त्यसरी नै गरिनेछ ।”

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्काे फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ । अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ ।

अध्ययन सकिएर बजेटको विषयमा कुरा हुने उहाँले बताउनुभयो । बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उहाँको भनाइ छ । चीन सरकारको सहयोगमा खसीबजारबाट कलङ्कीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गरिने योजना रहेको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?