Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

तारैतारले जेलिएको राजधानी


१७ ,श्रावण ,काठमाडौँ । राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् ।

यी तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरवासीको गुनासो छ । बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युत्को पोलमाथिबाट लगिएको छ ।

यसरी जेलिएको तारलाई व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिकाजस्ता निकाय लागि परे पनि यसले सार्थक रूप लिन सकेको छैन ।

महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार तार व्यवस्थापनका लागि पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्छन् । पहिले मन्दिरै मन्दिरको सहरका नामले विश्वमा विख्यात भएको काठमाडौँ तारैतारले कुरूप भयो भनी प्रचार होला भन्ने चिन्ता लाग्न थालेको उनले सुनाए ।

महानगरसभा र कार्यपालिकाको बैठकमा सदस्यले यसलाई व्यवस्थापनका लागि पटकपटक आवाज उठाउने गरेका छन् । तार व्यवस्थापनले सार्थक रूप भने पाउन सकेको छैन । प्राधिकरणले विद्युत् पोल भाडाको विषय बेलाबेलामा उठाउने गरेको छ । धेरै निकाय जोडिने तार व्यवस्थापनको काम समन्वयात्मकरूपमा अघि नबढाउँदा समस्या समाधानमा समय लागेको असन निवासी राजेन्द्र बज्राचार्य बताउछन् ।

कार्यालय र पदाधिकारी विशेषले चाहेरमात्र समाधान नहुने समस्या भएकाले समन्वयात्मकरूपमा काम गरिनुपर्ने उनको भनाइ छ । तार व्यवस्थापनको काम सुरु भएका स्थानमा राम्रो देखिन थाले पनि पूरा हुन सकेको छैन । काम पूरा नहुनुमा सरोकार भएका निकायका बीच समन्वय हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?