Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

तारैतारले जेलिएको राजधानी


१७ ,श्रावण ,काठमाडौँ । राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ । जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् ।

यी तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरवासीको गुनासो छ । बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युत्को पोलमाथिबाट लगिएको छ ।

यसरी जेलिएको तारलाई व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिकाजस्ता निकाय लागि परे पनि यसले सार्थक रूप लिन सकेको छैन ।

महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार तार व्यवस्थापनका लागि पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्छन् । पहिले मन्दिरै मन्दिरको सहरका नामले विश्वमा विख्यात भएको काठमाडौँ तारैतारले कुरूप भयो भनी प्रचार होला भन्ने चिन्ता लाग्न थालेको उनले सुनाए ।

महानगरसभा र कार्यपालिकाको बैठकमा सदस्यले यसलाई व्यवस्थापनका लागि पटकपटक आवाज उठाउने गरेका छन् । तार व्यवस्थापनले सार्थक रूप भने पाउन सकेको छैन । प्राधिकरणले विद्युत् पोल भाडाको विषय बेलाबेलामा उठाउने गरेको छ । धेरै निकाय जोडिने तार व्यवस्थापनको काम समन्वयात्मकरूपमा अघि नबढाउँदा समस्या समाधानमा समय लागेको असन निवासी राजेन्द्र बज्राचार्य बताउछन् ।

कार्यालय र पदाधिकारी विशेषले चाहेरमात्र समाधान नहुने समस्या भएकाले समन्वयात्मकरूपमा काम गरिनुपर्ने उनको भनाइ छ । तार व्यवस्थापनको काम सुरु भएका स्थानमा राम्रो देखिन थाले पनि पूरा हुन सकेको छैन । काम पूरा नहुनुमा सरोकार भएका निकायका बीच समन्वय हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?