२८ ,श्रावण ,पर्वत । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक
२७ ,श्रावण ,धनगढी । औषधी व्यवस्था विभागले धनगढी उपमहानगरपालिका क्षेत्रका पाँच वटा औषधि पसलमा ताला लगाएको छ । शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ । एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको
२७ ,श्रावण ,मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरूलाई श्रमसँग जोड्न लागिपरेको बताएका छन् । मातृभूमि फाउन्डेसन नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा ‘युवाका लागि हरित सीप : विश्व दिगो विकासतर्फ’ नाराका साथ आज यहाँ आयोजित अन्तक्र्रियामा उनले मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी युवालाई विदेश
२७ ,श्रावण ,खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाका बेँसी क्षेत्रमा पर्ने अधिकांश वनहरुमा बहुउपयोगी वनस्पति खयर पाइन्छ । आयुर्वेदिक पद्धति अनुसार विभिन्न रोग नियन्त्रणका लागि उपयोगी हुने औषधिजन्य वनस्पति खयर पछिल्लो समय सामुदायिक, कबुलियती र निजी क्षेत्रका वनहरुबाट बिना अनुमति कटान गरी रातारात चोरी निकासी भइरहेको पाइएको छ
२७ ,श्रावण ,सुरुङ्गा (झापा) । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए । मुख्यमन्त्री थापाले भने, “अब कोशी
२७ श्रावण, रूकुम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो । रुकुमपश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । “बजारको तुलनामा
२७ श्रावण, पोखरा । पोखराका ट्याक्सी चालक मिटरमा उठ्ने रकम मात्र लिएर यात्रु बोक्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार पोखरामा आयोजित अन्तर्क्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा गुड्ने प्रतिबद्धता
२७ श्रावण, बझाङ । बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । बेपत्ता बम
२७ श्रावण, मकवानपुर । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै
२७ श्रावण, म्याग्दी । बेनी–जोमसोम सडक पाँच दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका २ बैंसरीमा पहिरो रोकथाम गर्न कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम कोरला सडक आइतबार देखि बिहीबार सम्म बन्द गरिने भएको हो । राहुघाट –तातोपानी सडक खण्डको बैंसरी खण्डमा सडक माथिबाट खसेको पहिरोले यातायात प्रभावित