Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कोेशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक : मुख्यमन्त्री थापा


२७ ,श्रावण ,सुरुङ्गा (झापा) । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् ।

झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको बताए ।

मुख्यमन्त्री थापाले भने, “अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरूले बुझ्नुभएको छ । हामीहरूबीच भएको गठबन्धन पनि झिनो बहुमतको छ, यो झिनो बहुमतले सरकारलाई स्थायित्व दिन सक्दैन । तसर्थ सबै दल मिल्न जरुरी छ ।”

मुख्यमन्त्री थापाले यो गठबन्धनको झिनो बहुमतले सरकारको प्रगति र समृद्धिलाई पूर्णता दिन नसक्ने बताउँदै सरकारको स्थायित्वका लागि दलहरूबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको बताए ।

सरकार अब सबै दलहरूबीचमा सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने उनले स्पष्ट पारे ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?