Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

धनगढीमा ५ क्लिनिकमा औषधी विभागको ताला


२७ ,श्रावण ,धनगढी । औषधी व्यवस्था विभागले धनगढी उपमहानगरपालिका क्षेत्रका पाँच वटा औषधि पसलमा ताला लगाएको छ ।

शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ ।

एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले जानकारी दिए ।

दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिक शिलबन्दी गरिएको जानकारी दिए ।

शाहले खुद्रा औषधी पसलमा बिक्री वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता नभएको औषधी बिक्री गर्ने स्वप्निल मेडिकल हललाई ७ दिनका लागि निलम्बन गरिएको बताए ।

उनकाअनुसार धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल पसल बन्द गर्दै ७ दिनभित्र कारवाहीका लागि औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै, धनगढीको सारथी अस्पतालले प्रमाणपत्रमा उल्लेख भएको फर्मासिस्ट भन्दा अर्को फर्मासिस्टबाट औषधी बिक्री गराएको र लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखिएको पाइएपछि निजलाई औषधी व्यवस्था विमागमा उपस्थित गराउन निर्देशन दिएको शाहले बताए ।

धनगढी– ८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ ।

अनुगमनका क्रममा क्याम्पस चोकको जया मेडिकल हलले विभागको ऐनअनुसार बिल फर्मेट नगराखेको पाइएकाले तत्काल सच्याउन निर्देशन दिइएको छ ।

औषधी व्यवस्था विभागले स्थानीय प्रशासनसँगको समन्वयमा नियमित निरीक्षण अन्तर्गत मेडिकल तथा औषधी पसलमा अनुगमन निरीक्षण गरेको जनाएको छ ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?