२५ जेष्ठ ,कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति
२५ जेष्ठ ,किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा नेपाली टोपी अनिवार्य गरेको छ । राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृति संरक्षणका लागि हिमालय माध्यमिक विद्यालयमा छात्रका लागि नेपाली टोपी अनिवार्य गरेको हो । विद्यालयले नेपाली टोपी अनिर्वाय गरेपछि हिमालय माविका छात्र शिरमा नेपाली ढाकाटोपी सजाएर आउन
२५ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गते प्रदेशसभासमक्ष
२५ जेष्ठ ,हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गरेका छन् । आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गरेका हुन् । उनिहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको
२५ जेठ, काठमाडाैँ । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट
२५ जेठ, ललितपुर । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ
२५ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरको ढुङ्गेधारासँगै रहेको पानी ट्याङ्की हटाइएको छ । नगर प्रहरी मञ्जु केसीले बाटो अवरुद्ध हुने गरी राखिएको पानी ट्याङ्की हटाइएको बताए । महानगर प्रहरी बलले अहिले सो क्षेत्रमा मेलम्चीको पानी पुगिसकेको र उक्त ट्याङ्कीको आवश्यकता नरहेको जनाएको छ । उक्त ट्याङ्कीबाट १०
२५ जेठ, चितवन । तराईको गर्मी छल्न नारायणी नदीमा पौडी खेल्न जानेको जमात रहेकै बेलामा नदी किनारमा एक हुल मानिसको जमघट हुन्छ । यत्तिकैमा नदीबाट आवाज आउँछ ‘बचाउ..., बचाउ... ।’ उक्त आवाज सुन्नेबित्तिकै नदी किनारमा रहेका मानिसले छेउमा डल्लो परेको डोरी फालेर उद्धारका लागि प्रयास गर्छन् । बग्दै गरेको मान्छेले डोरी
२५ जेठ, बाँके । माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बनेकी छन् । विसं २०७४ मा हात्ती सफारीका लागि परीक्षामा निकालेर माहुते बनेकी उनले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुवैको माया उत्तिकै गर्दै आएकी छन् । चार दशक पार गरिसकेकी मिनुलाई हात्तीमाथि
२५ जेठ, कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला