पाल्पा । कांग्रेसकाे पाल्पा जिल्ला सम्मेलनकाे लापरवाहीप्रति महामन्त्री गगन थापा र जिल्ला कार्यसमितिले माफि मागेका छन् । महामन्त्री थापाले सामाजिक सन्जाल र जिल्ला कार्यसमितिले विज्ञप्ति निकालेर क्षमायाचना गरेका हुन्। महामन्त्री थापाले भनेका छन्ः पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा
काठमाडाैं । ५ पुसमा हुन लागेको पार्टीको मधेश प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागिएकाे छ । मधेशमा सभापति शेरबहादुर देउवानिकट प्रदेश सभापति कृष्ण यादवले कोइरालालाई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरेपछि कोइरालानिकटले विरोध गरेका छन् । कोइरालानिकट प्रदेश कार्यसमिति सदस्य रविन कोइराला भने वरिष्ठ नेता र दोस्रो वरीयता स्विकारिसकेको अवस्थामा मधेशमा
वालिङ,स्याङ्जा। कुनै बेला वालिङ नगरपालिका–५ पाँडेथोकका अधिकांश किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि समस्या रहे पनि अहिले सडक पुगेपछि सहज भएको छ । उक्त गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर वालिङ बजार लैजानुपर्ने बाध्यता थियो । कृषि उपजको बजारीकरणका लागि गाउँमै बिना विद्युतीय रोपवे (ग्राभिटी
काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिजुली बिहान साढे ९ देखि २ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको हो । त्यस्तै, प्राधिकरणका अनुसार बुधबार चपली तथा बूढानीलकण्ठ र बिहीबार गोङ्गबु बसपार्क आसपासका क्षेत्रमा
गोरखा। लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । उक्त गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए
४ ,पुष ,चितवन । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३
४ ,पुष ,म्याग्दी । थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए । “थकालीको विवाहका क्रममा माइतीको
४ ,पुष ,कञ्चनपुर । बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ । गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार
४ ,पुष ,टक्सार (भोजपुर) । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन्
लुम्बिनी। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताएका छन् । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने स्पष्ट गरे । अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यसका