Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

प्रदेश समाचार


मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१५ चैत्र, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मोटरसाइकलको

बिमाको रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

१५ चैत्र, बागलुङ। निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर

बसाइँसराइले रितिदै जैमिनीका गाउँ

१५ चैत्र, बागलुङ। दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराेले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ । सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी

अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

१५ चैत्र, बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए । मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले

मध्यराति ताप्लेजुङमा भूकम्पको धक्का

१५ चैत्र, ताप्लेजुङ। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

१४ चैत्र, पोखरा। गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पुर्याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका

विराटनगरमा तनाव- प्रहरीले गर्यो १७ राउण्ड हवाइ फायर

१४ चैत्र, विराटनगर । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो भएको झडपमा २० भन्दा बढी घाइते भएका छन् । विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच भएको झडपमा प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ ।

भारत निकासी नहुँदा व्यवसायीले खरिद गरेको ८ सय टन जडीबुटी कुहिने अवस्थामा

१४ चैत्र, नेपालगञ्ज । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी

गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन

१४ चैत्र, ताप्लेजुङ । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस

खुकुरी प्रहार गरी वृद्धको हत्या

१४ चैत्र, रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला

सम्वन्धित समाचारहरु