Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल


१५ चैत्र, बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए ।

मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ”, उनले भने । जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा सहरलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले विषेशरूपमा सहयोग गर्न आवश्यक रहेको बताए । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले काठमाडौँको वैकल्पिक सहरका रूपमा विकास हुँदै गएको बनेपा नगरपालिकालाई प्रदेश सरकारले सहरी विकास आयोजनामार्फत व्यवस्थित सहर निर्माणको काममा सहयोग गर्न माग गरे ।

पाँचखाल नगारपालिका प्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जूले बनेपा नगरपालिकासँग जोडिएका वडाका सिमानामा विकास आयोजनाको काम, सरसफाइ, करिडोर सडक निर्माणको काममा आवश्यक समन्वय र सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको बताए । सो अवसरमा बनेपा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा निरन्तर रुपमा १५ वर्षसम्म सेवा प्रदान गर्ने शिक्षक÷शिक्षिका र २५ वर्षसम्म अनवरतरुपमा सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको थियो ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?