Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

प्रदेश समाचार


८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

१२ असार, म्याग्दी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेका छन् । परम्परागत तानमा

उत्कृष्ट सासू–बुहारी सम्मानित

१२ असार, सिन्धुली । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यहाँको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो । यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए

कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान

१२ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो । नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी र अन्य खोलासहित एक सय ३० किलोमिटर

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

१२ असार, काठमाडाैँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै

पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण

१२ असार ,जाजरकोट । पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो । विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण

बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या

१२ असार ,चितवन । सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय

आगलागीबाट आठ घर जलेर नष्ट

१२ असार ,मङ्गलबारे । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी

भिरबाट लडेर मृत्यु

१२ असार ,गोरखा । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताए । “परिवारका सदस्यसहित

‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’

१२ असार ,दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्यहरू प्राथमिकताका साथ अगाडि

किसानलाई अनुदानमा भैँसी वितरण

१२ असार ,भरतपुर । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास

सम्वन्धित समाचारहरु