काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै,
काठमाडौं। जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै, शुक्रबार रातिको
काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको केन्द्रविन्दुमा पुगेका छन् । भूकम्प आएदेखि निरन्तर प्रभावित क्षेत्रमा खटिएका उपप्रधानमन्त्री खड्का आज विहान जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ ।
काठमाडौं। गत मङ्गलबादेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ भने रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा
काठमाडौं। लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज-१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा भारत बिहारको मोतीहारी जिल्लाका २७ वर्षीय भुलावन पटेललाई खैरो हिरोइनजस्तो देखिने पदार्थ ४९.५२० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै प्रहरीले
काठमाडौं। यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक भएको छ । उक्त समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गर्दै भाइटिकाको साइत सार्वजनिक गरेका हुन् । आगामी कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उक्त समितिको आजको बैठकले
काठमाडौं। विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदिएको छ । ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिएको पोखरा वितरण केन्द्रले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । उक्त पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी