Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

कतिपयले अझैपनि संघीयतालाई स्वीकार गर्न सकेका छैनन्: सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताकोप्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका छन् । उनले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै यसलाई जनताप्रति थप उत्तरदायि बनाउन आवश्यक रहेको बताए । उनले मुलुक संघयितामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकारप्राप्त गरेको भएपनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताए । संघीयताको सफल कार्यान्वयनको लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक रहेको समेत सभापति देउवाको भनाइ छ । मुलुकमा संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको समेत उल्लेख गरेका छन् ।

उनले भने, ‘संघीयतालाई अझै प्रभावकारी बनाउने र जवाफदेही बनाउने कुरा आवश्यक छ । संघीयतालाई अझै कति मानिसले स्वीकार गरेका छैनन् । कतिले मन नपराई नपराई स्वीकार गरेका छन् । त्यसकारण संघीयता आइसक्यो यो फर्किने कुरा छैन । यसलाई अझै बढी नेपाली जनताका प्रति उत्तरदायि किसिमले जनताको सुखदुःखमा साथ दिने किसिमको संघीयता बनाउन आवश्यक छ । त्यसको लागि तुरुन्तै हुन्छ भन्ने छैन हेर्नुहोस् । समय लाग्न सक्छ । प्रदेशको आफ्नै भूमिका छ, आफ्नो अधिकार खोजिराखेको छ । संघको पनि आफ्नै अधिकार छ । त्यसकारण यसमा सबै पार्टीका साथिहरु बसेर संघीयताको प्रभावकारी कार्यान्वयनको लागि छलफल गर्नु आवश्यक छ । आफ्नो आफ्नो आफ्नो अधिकार माग्नु स्वाभाविक कुरा हो । तर हामीले मुलुकको आर्थिक अवस्थालाई हेरेर पनि कतिपय कामहरु गर्नुपर्ने हुन्छ ।’

उनले मुलुकको सम्प्रदायिक एकतालाई खल्बल्याउने काम भइरहेको भन्दै यसकाविरुद्ध सबै एकजुट हुन सकेत आग्रह गरेका छन् ।


प्रकाशित मिति: ५ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?