Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सरकारमा जाने साईत हेर्दैछन प्रचण्ड?


काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर निरर्थक हल्ला फैलाइएको बताएको छ । प्रचण्डको सचिवालयले आज धारणा सार्वजनिक गर्र्दै माओवादी अहिले सरकारमा नजाने बताएको हो ।

साथै, माओवादी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले यस्ता प्रकारको हल्ला फिँजाइएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालले भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा जनतासंग हातेमालो गर्दै अघि बढिरहेको माओवादी केन्द्रको अभियानबाट आँत्तिएर विरोधीहरुले यस्तो भ्रम फैलाएको बताएको छ ।

‘माओवादी केन्द्र पनि सरकारमा जाँदैछ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको रहेछ । यसमा विल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौं,’– प्रचण्डको सचिवालयले भनेको छ ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?