Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सरकारमा जाने साईत हेर्दैछन प्रचण्ड?


काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर निरर्थक हल्ला फैलाइएको बताएको छ । प्रचण्डको सचिवालयले आज धारणा सार्वजनिक गर्र्दै माओवादी अहिले सरकारमा नजाने बताएको हो ।

साथै, माओवादी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले यस्ता प्रकारको हल्ला फिँजाइएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालले भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा जनतासंग हातेमालो गर्दै अघि बढिरहेको माओवादी केन्द्रको अभियानबाट आँत्तिएर विरोधीहरुले यस्तो भ्रम फैलाएको बताएको छ ।

‘माओवादी केन्द्र पनि सरकारमा जाँदैछ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको रहेछ । यसमा विल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौं,’– प्रचण्डको सचिवालयले भनेको छ ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?