Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन् ।

शुक्रवार नेपाली काँग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले आफूहरु समेत सरकारमै भएपनि पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताएका छन् । उनले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरुलाई अप्ठ्यारोमा पार्न खोजिएको समेत बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरुलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ । अहिले हामी पनि सरकारमा छौं, तर हामीलाई केही थाहा छैन । कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला ? अहिले ल्याएर राखिदिएपछि दलहरुलाई अप्ठ्यारोमा पार्ने हुन्छ । अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाछ ।’

उनले भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न समेत सबैमा आग्रह गरेका छन् ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?