Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यकः डा. लोहनी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन्  ।

शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताउंदै राजनीतिक दलहरुले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गरेका छन् । उनले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको पनि आरोप लगाएका छन्  ।

उनले भने, ‘नेपालमा प्रजातन्त्रको नाममा प्रजातन्त्रमाथि प्रहार भयो, जनताको नाममा जनताको सोशन गरियो, त्यसको विरुद्धमा आवाज उठेको छ । यो संविधानको दुरुपयोग गरेर  जसरी संविधानको विपरित जान खोजिएको छ त्यसको विरुद्धमा आवाज उठेको छ । त्यो आवाजको एउटा कुरा अब परिवर्तन नगरी हुँदैन । पहिला पहिला नेपालमा दुई खम्बे राजनीति भन्ने थियो । संविधानभित्रको राजसंस्था र प्रजातन्त्र । अब हामी भन्छौँ नेपालमा तीन खम्बे राजनीति आवश्यक भइसकेको छ ।  देशलाई संविधान भित्रको राजसंस्था चाहिएको छ, भविभावकको भुमिका खेल्ने र बहुलबादमा आधारित जनताको  सर्वोच्चसहितको प्रजातान्त्रिक व्यवस्था चाहिएको छ । नेपालको पहिचान सर्वधर्म समभाव विश्वमा हिन्दु राष्ट्रको पहिचान पनि चाहिएको छ । देशमा स्थिरताका लागि, अगाडी बढाउनका लागि र नयाँ परिवर्तनका लागि यी तीन वटा खम्बा आवश्यक भइसकेको छ ।’

पूर्वअध्यक्ष डा. लोहनीले नेपालका सञ्चारमाध्यमहरुले सान्दर्भिक विषयमा समाचार संप्रेषण नगरेर पक्षपाती व्यवहार गरेको आरोप लागौन्दै पूर्वराजा ज्ञानेन्द्रलाई जनताले गरेको स्वागतलाई ठूला मिडियाले स्थान नदिएकोप्रति आक्रोश व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?