Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यकः डा. लोहनी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन्  ।

शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताउंदै राजनीतिक दलहरुले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गरेका छन् । उनले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको पनि आरोप लगाएका छन्  ।

उनले भने, ‘नेपालमा प्रजातन्त्रको नाममा प्रजातन्त्रमाथि प्रहार भयो, जनताको नाममा जनताको सोशन गरियो, त्यसको विरुद्धमा आवाज उठेको छ । यो संविधानको दुरुपयोग गरेर  जसरी संविधानको विपरित जान खोजिएको छ त्यसको विरुद्धमा आवाज उठेको छ । त्यो आवाजको एउटा कुरा अब परिवर्तन नगरी हुँदैन । पहिला पहिला नेपालमा दुई खम्बे राजनीति भन्ने थियो । संविधानभित्रको राजसंस्था र प्रजातन्त्र । अब हामी भन्छौँ नेपालमा तीन खम्बे राजनीति आवश्यक भइसकेको छ ।  देशलाई संविधान भित्रको राजसंस्था चाहिएको छ, भविभावकको भुमिका खेल्ने र बहुलबादमा आधारित जनताको  सर्वोच्चसहितको प्रजातान्त्रिक व्यवस्था चाहिएको छ । नेपालको पहिचान सर्वधर्म समभाव विश्वमा हिन्दु राष्ट्रको पहिचान पनि चाहिएको छ । देशमा स्थिरताका लागि, अगाडी बढाउनका लागि र नयाँ परिवर्तनका लागि यी तीन वटा खम्बा आवश्यक भइसकेको छ ।’

पूर्वअध्यक्ष डा. लोहनीले नेपालका सञ्चारमाध्यमहरुले सान्दर्भिक विषयमा समाचार संप्रेषण नगरेर पक्षपाती व्यवहार गरेको आरोप लागौन्दै पूर्वराजा ज्ञानेन्द्रलाई जनताले गरेको स्वागतलाई ठूला मिडियाले स्थान नदिएकोप्रति आक्रोश व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?