Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताएका छन्  ।

शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले  राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउंदै वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । उनले राजसंस्था र प्रजातन्त्र एकआपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य  पूरा गर्नुपर्ने बताएका छन् ।

उनले भने , ‘हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । देश परिवर्तनको संघारमा पुगेको छ । अब यो एक दुई जना कसैले रोकेर रोकिने अवस्थामा छैन । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर अहिले आउनु खोजी राखेका परिवर्तनलाई जनताको भावनालाई अदेखा गर्ने र दुर्घटनातर्फ लैजाने काम हामी कसैले गर्नु हुँदैन । यो परिवर्तन रोकिनेवाला छैन । त्यसकारण हामीले त्यसका बारेमा गलत प्रचार गर्ने, समाजमा भ्रम सिर्जना गर्ने र द्वन्द्व सिर्जना गर्ने काम गर्नेभन्दा पनि समाधानका सुझावहरु दिनुपर्छ । अहिले कतिपय सञ्चारमाध्यममा राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी हो भन्ने, एकअर्काका विकल्प हो भन्न जुन प्रचार भइराखेको छ, जनता र समाजलाई विभाजन गराउने कोशिस गरिएको छ, राजा रोज्ने कि लोकतन्त्र रोज्ने भनेर प्रश्न उठाउने गरिएको छ यस्तो गर्नु हुँदैन । नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु भने राजसंस्था एकअर्काको विकल्प र विरोधी होइनन् । राजसंस्था र प्रजातन्त्रसँगै जानसक्छ, राजा र  प्रजातन्त्रसँगै जानसक्छ ।’

अध्यक्ष लिङदेनले प्रजातन्त्रको जननी बेलायतमा पनि सयौँ वर्षदेखि राजसंस्था कायम रहेको भन्दै नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम हुने जिकिर  गरेका  छन् ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?