Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

समाजवादी मोर्चाले बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्दै


काठमाडौँ। समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ ।

शुक्रवार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निस्कर्ष निकालिएको बताए । उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताएका छन् । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी १५ गतेको बिरोध कार्यक्रम गर्ने निस्कर्ष निकालिएको बताए ।

उनले भने, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरु भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । कार्यक्रमलाई भोलि अघि बढाउने र भोलि बिहान ११ बजेबाट बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ । १५ गतेको वृहत बिरोध प्रदर्शनलाई भव्य बनाउने । हजारौँ जनताको सहभागिता सुनिश्चित गर्ने । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी कार्यक्रम गर्ने ।’

उनले संसदवादी दलहरु र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरुसँग पनि नयाँ ढंगले छलफल गर्ने निर्णय भएको बताएका छन् ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?