Trending
>>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ? >>   हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की >>   पुरुषका यस्ता व्यवहार,जसले महिलालाई हुरुक्कै बनाउँछ >>   संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल >>   संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा >>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

छैटौँ बाह्रखरी कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद वैशाखमा हुने


१९ चैत ,काठमाडौँ । बाह्रखरी मिडिया प्रालिको आयोजनामा छैटौँ बाह्रखरी कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद वैशाखमा हुने भएको छ । बाह्रखरी मिडिया प्रालिले आज यहाँ पत्रकार सम्मेलन गरी एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद छैटौँ संस्करण वैशाख ९ गते काठमाडौँमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकै थलोमा ल्याएर खेल प्रवर्द्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । “गल्फ प्रतियोगिता कर्पोरेट व्यक्तित्वबीच र आर्थिक परिसंवाद आर्थिक क्षेत्रका देशभरका विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर र उद्यमीबीच हुनेछ”, अध्यक्ष प्रधानले भने ।

उक्त गल्फ प्रतियोगितामा काठमाडौँ, धरान, विराटनगर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढीसहित केही विदेशी कर्पोरेट १०० भन्दा बढी खेलाडीले भाग लिने उनको भनाइ छ । हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशका फरक–फरक स्थानमा कर्पोरेट गल्फ प्रतियोगिता गर्दै आएको उक्त मिडियाले पहिलो र दोस्रो प्रतियोगिता गोकर्ण गल्फ कोर्स, तेस्रो सगरमाथा क्षेत्रमा, चौथो पोखरा र पाँचौँ धरानमा सम्पन्न गरिसकेको छ ।

सोही दिन हुने आर्थिक परिसंवादमा भने एक जना विज्ञबाट वर्तमान देशको आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने र विभिन्न विज्ञ तथा प्रमुख व्यक्तिको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिने कार्यक्रम रहेको छ ।

यस वर्ष आयोजना हुने एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा गल्फ खेलाडीसहित एक हजार पाँच सय पाहुनाको उपस्थिति रहने आयोजकले जनाएको छ । कर्पोरेट गल्फ प्रतियोगितामा प्रथम हुने खेलाडीलाई प्रदान गरिने सुनको बलसमेत आज सार्वजनिक गरिएको छ ।

देशको आर्थिक क्षेत्रका दिग्गज व्यक्ति सम्मिलित हुने र देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित क्षेत्रका व्यवसायीले प्रतिस्पर्धा गर्ने गल्फ प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?