
काठमाडौँ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुननिर्माणको बारेमा जानकारी लिएको छ ।
बुधवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारस्थित ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) को प्रत्यक्ष अवलोकन एवं निरीक्षण गरेर निर्माण प्रगतिबारे जानकारी लिएको हो । सो अवसरमा समितिका सभापतिसहित सदस्यहरु र समितिका सचिवको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार