Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राजा वीरेन्द्र र युवराज दीपेन्द्रको नाश भएको दिन नै राजतन्त्र सकिएको होः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् ।

उनले वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरुले ठूलो गल्ती गरेको उनको टिप्पणी छ । मंगलवार काठमाडौंमा हुलाक टिकटहरुमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भइरहेको राजालाई दरबारबाटै मारिएको उनको आरोप छ । उनले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको टिप्पणी गर्दै अब राजालाई बोकेर मुलुकको विकास नहुने बताए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘जुन दिन वीरेन्द्रको हत्या भयो र दीपेन्द्रको पनि नाश भयो । राजतन्त्र त्यही दिन सकिएको थियो । सकियो नि त । भइरहेको राजा मारियो, त्यसपछि हुने युवराज नै मारियो भनेपछि राजा सकियो । त्यो दरबारले सकेको हो । जनताले सकेको हो र ? त्यो बेला फेरि राजा बनाएर नेपालका नेताले अझ ठूलो गल्ती गरे । सापको बच्चा पाले, शेरको बच्चा पाले । नभएको राजा, हुँदै नहुने मान्छेलाई राजा बनाइदिए । सबै खाइदियो । जनताले आन्दोलन गरे, जनतासँग हारेर भाग्यो । अब हामीले बुझ्नुपर्छ । राजालाई बोकेर मुलुकको विकास हुँदैन । जस्तो जन्मिए पनि राजाको कोखमा जन्मिएकाले तीन करोड नेपाली भन्दा राम्रो हुन्छ भन्ने सिद्धान्त राम्रो होइन । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै हो ।’

उनले राष्ट्रवादीले भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीको फोटो ल्याउने कसरी गर्छ भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?