Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

राष्ट्रिय सभामा माओवादी सांसदले भनेः सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्छु


काठमाडौँ।राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आईतवारको सभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुने जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाए । उनले सरकारले संसदमा बोलेका कुराहरुको कार्यान्वयन नगरे संसदभित्रै आन्दोलन गर्ने उनको चेतावनी थियो ।

उनले भने, ‘संसदमा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने । पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसदमा आएर जवाफ दिन सक्नुभएको छैन । न तपाईंको अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसदमै आन्दोलन गर्छु, जवाफ दिएन भने, कारबाही भएन भने । दलित हक अधिकारको लागि आन्दोलन गर्छु ।’

उनले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताए । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?