Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राष्ट्रिय सभामा माओवादी सांसदले भनेः सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्छु


काठमाडौँ।राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आईतवारको सभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुने जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाए । उनले सरकारले संसदमा बोलेका कुराहरुको कार्यान्वयन नगरे संसदभित्रै आन्दोलन गर्ने उनको चेतावनी थियो ।

उनले भने, ‘संसदमा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने । पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसदमा आएर जवाफ दिन सक्नुभएको छैन । न तपाईंको अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसदमै आन्दोलन गर्छु, जवाफ दिएन भने, कारबाही भएन भने । दलित हक अधिकारको लागि आन्दोलन गर्छु ।’

उनले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताए । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?