Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नकारात्मकताको जरो नै केपी ओली हुन्ः एकीकृत समाजवादी


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् ।

लतिपुरमा शुक्रवारबाट जारी केन्द्रिय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उनले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताएका छन् । उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रिय कमिटीमा एकमत रहेको बताए ।

उनले भने , ‘नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलिनै रहेको छ । किनकी यो देशमा सबै नकारात्मकताको मुल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रष्ट नै छौँ । तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरेपनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ ।’


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?