काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् ।
लतिपुरमा शुक्रवारबाट जारी केन्द्रिय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उनले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताएका छन् । उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रिय कमिटीमा एकमत रहेको बताए ।
उनले भने , ‘नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलिनै रहेको छ । किनकी यो देशमा सबै नकारात्मकताको मुल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रष्ट नै छौँ । तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरेपनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ ।’
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार