Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पाथेका स्वास्थ्यचौकीलाई उपकरण प्रदान


१८ चैत ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १० पाथेकामा सञ्चालित स्वास्थ्यचौकीलाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण प्रदान गरेको छ ।

नेपाल सरकार सङ्घीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एक थाल कार्डियाक मनिटर र प्रदेश सरकार स्वास्थ्य आपूर्ति महाशाखाले उपलब्ध गराएको १५ थान सेमी अटो एनालाइजर नगरपालिकाले स्थास्थ्यचौकीलाई प्रदान गरेको हो ।

बिरामीको रगतमा अक्सिजनको मात्रा, रक्तचाप, मुटुको गतिलगायत परीक्षण गर्न रु दुई लाख मूल्य पर्ने कार्डियाक मनिटर र रगतको सामान्य अवस्था, बोसोको मात्रा, कलेजो, मिर्गौला, बाथरोग, मधुमेहलगायत परीक्षण गर्ने रु पाँच लाख मूल्यको १५ वटा सेमी अटो एनालाइजर प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

“पाथेकाका स्थानीय बासिन्दालाई सामान्य स्वास्थ्यावस्थाका बिरामी परीक्षण गराउन पनि जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो”, उनले भने, “लामो समयदेखि पाथेकावासीले भोग्दै आएको समस्या समाधान गर्न आधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।”

कार्डियाक मनिटर र सेमी अटो एनालाइजर नगरप्रमुख भट्टराईले वडाध्यक्ष मुगाधन राई र स्वास्थ्यचौकी प्रमुख सन्तोष भट्टराईलाई हस्तान्तरण गरेका छन्‌ । स्वास्थ्यचौकी पाथेका जिल्लाको ७९ स्वास्थ्यचौकीमध्ये कार्डियाक मनिटर र एनालाइजरको प्रयोगमा ल्याउने पहिलो स्वास्थ्यचौकी बनेको नगरपालिकाले दाबी गरेको छ ।

स्वास्थ्यचौकी पाथेकालाई उपलब्ध गराइएको स्वास्थ्य उपकरणबाट खार्मी, खार्ताम्छा, फेदी र बास्पानीका स्थानीय बासिन्दासमेत लाभान्वित हुने स्वास्थ्यचौकीका प्रमुख भट्टराईले बताए ।

स्वास्थ्यचौकी पाथेकामा कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण सञ्चालनका लागि पर्याप्त विद्युत् नभएको पाइएको छ । स्वास्थ्यचौकी पाथेकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताएका छन्‌ ।

स्वास्थ्यचौकी पाथेका तथा उक्त वडाको सबै घरमा बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म सञ्चालनमा रहेको नाखामखोला लघुजलविद्युत् आयोजनामात्र जडान गरिएको छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?