Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पाथेका स्वास्थ्यचौकीलाई उपकरण प्रदान


१८ चैत ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १० पाथेकामा सञ्चालित स्वास्थ्यचौकीलाई कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण प्रदान गरेको छ ।

नेपाल सरकार सङ्घीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एक थाल कार्डियाक मनिटर र प्रदेश सरकार स्वास्थ्य आपूर्ति महाशाखाले उपलब्ध गराएको १५ थान सेमी अटो एनालाइजर नगरपालिकाले स्थास्थ्यचौकीलाई प्रदान गरेको हो ।

बिरामीको रगतमा अक्सिजनको मात्रा, रक्तचाप, मुटुको गतिलगायत परीक्षण गर्न रु दुई लाख मूल्य पर्ने कार्डियाक मनिटर र रगतको सामान्य अवस्था, बोसोको मात्रा, कलेजो, मिर्गौला, बाथरोग, मधुमेहलगायत परीक्षण गर्ने रु पाँच लाख मूल्यको १५ वटा सेमी अटो एनालाइजर प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

“पाथेकाका स्थानीय बासिन्दालाई सामान्य स्वास्थ्यावस्थाका बिरामी परीक्षण गराउन पनि जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो”, उनले भने, “लामो समयदेखि पाथेकावासीले भोग्दै आएको समस्या समाधान गर्न आधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।”

कार्डियाक मनिटर र सेमी अटो एनालाइजर नगरप्रमुख भट्टराईले वडाध्यक्ष मुगाधन राई र स्वास्थ्यचौकी प्रमुख सन्तोष भट्टराईलाई हस्तान्तरण गरेका छन्‌ । स्वास्थ्यचौकी पाथेका जिल्लाको ७९ स्वास्थ्यचौकीमध्ये कार्डियाक मनिटर र एनालाइजरको प्रयोगमा ल्याउने पहिलो स्वास्थ्यचौकी बनेको नगरपालिकाले दाबी गरेको छ ।

स्वास्थ्यचौकी पाथेकालाई उपलब्ध गराइएको स्वास्थ्य उपकरणबाट खार्मी, खार्ताम्छा, फेदी र बास्पानीका स्थानीय बासिन्दासमेत लाभान्वित हुने स्वास्थ्यचौकीका प्रमुख भट्टराईले बताए ।

स्वास्थ्यचौकी पाथेकामा कार्डियाक मनिटर र सेमी अटो एनालाइजर उपकरण सञ्चालनका लागि पर्याप्त विद्युत् नभएको पाइएको छ । स्वास्थ्यचौकी पाथेकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताएका छन्‌ ।

स्वास्थ्यचौकी पाथेका तथा उक्त वडाको सबै घरमा बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म सञ्चालनमा रहेको नाखामखोला लघुजलविद्युत् आयोजनामात्र जडान गरिएको छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?