Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

यस्तो रहेछ एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा हाल्नुकाे भित्री कारण !


काठमाडाैं । गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

पति विष्णु सापकोटाले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरुबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् । ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?