Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो


१८ चैत ,खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ ।

क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा रु १७ लाख एक हजार सहयोग जुटाइएको हो ।

आफ्नो गाउँठाउँको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका समाजसेवी राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आलेमगरको नेतृत्वमा ‘क्यान्सरपीडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो ।

राईको जीवन बचाउन देश तथा विदेशका एक सय ५२ दाताबाट रु एक हजारदेखि रु तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिएका छन्‌ ।

राईको उपचारमा हालसम्म रु १८ लाख खर्च भइसकेको उनका पारिवारिक स्रोतले जनाएको छ । उपचारमा संलग्न डाक्टरको परामर्शअनुसार औषधि सेवन गरिरहेका राईको औषधि सेवनमा मात्र मासिक रु दुई लाखभन्दा बढी खर्च भइरहेको जनाइएको छ ।

सङ्कलन भएको रकमको चेक सांसद रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेको छन्‌ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुख्य अभियान्ता मगर, समाजसेवी ध्यानकुमार राई, क्याप्टेन विष्णुभक्त राईलगायतको उपस्थिति रहेको थियो ।

क्यान्सर पीडित राईको उपचारका लागि सहयोग सङ्कलन अभियानमा सांसद राई, निवर्तमान सांसद विशाल भट्टराईदेखि प्रकाश बञ्जरा, पुकल श्रेष्ठ, हरि श्रेष्ठ, देवुपासालगायतले सहयोग गरेको जनाइएको छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?