Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो


१८ चैत ,खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ ।

क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा रु १७ लाख एक हजार सहयोग जुटाइएको हो ।

आफ्नो गाउँठाउँको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका समाजसेवी राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आलेमगरको नेतृत्वमा ‘क्यान्सरपीडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो ।

राईको जीवन बचाउन देश तथा विदेशका एक सय ५२ दाताबाट रु एक हजारदेखि रु तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिएका छन्‌ ।

राईको उपचारमा हालसम्म रु १८ लाख खर्च भइसकेको उनका पारिवारिक स्रोतले जनाएको छ । उपचारमा संलग्न डाक्टरको परामर्शअनुसार औषधि सेवन गरिरहेका राईको औषधि सेवनमा मात्र मासिक रु दुई लाखभन्दा बढी खर्च भइरहेको जनाइएको छ ।

सङ्कलन भएको रकमको चेक सांसद रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेको छन्‌ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुख्य अभियान्ता मगर, समाजसेवी ध्यानकुमार राई, क्याप्टेन विष्णुभक्त राईलगायतको उपस्थिति रहेको थियो ।

क्यान्सर पीडित राईको उपचारका लागि सहयोग सङ्कलन अभियानमा सांसद राई, निवर्तमान सांसद विशाल भट्टराईदेखि प्रकाश बञ्जरा, पुकल श्रेष्ठ, हरि श्रेष्ठ, देवुपासालगायतले सहयोग गरेको जनाइएको छ ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?