Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र


तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०७८/७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी आलेले बताउनुभयो । कुल रु ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट रु ४९ लाख र स्थानीय उपभोक्ताबाट रु २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन् ।

मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताउनुभयो । “सडक कालोपत्र नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्र भएपछि स्थानीयवासीलाई राहत महसुस भयो”, उहाँले भन्नुभयो । अवरुद्ध कृष्णमार्ग सञ्चालन हुने तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्ग सञ्चालन हुने भएको छ । विगत एक महिनादेखि अवरुद्ध रहेको उक्त मोटरमार्ग पुस २८ गतेदेखि सञ्चालन हुन लागेको हो । कृष्ण मोटरमार्गअन्तर्गत खिलाबाट पोखरीछापसम्मको बाटो कालोपत्रका लागि उक्त मार्ग अवरुद्ध भएको छ । मोटरमार्ग अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ । गाउँपालिकामा बसेको सर्वदलीय बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाअन्तर्गतका सबै राजनीतिक दलका प्रतिनिधि तथा यातायात व्यवसायीबीच भएको छलफलपछि मोटरमार्ग सञ्चालन गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । पुस २७ गतेसम्म सडक कालोपत्रका काम सम्पन्न हुने भएको छ । आर्थिक सहयोग उपचारका लागि आर्थिक अभावमा समस्यामा पर्नुभएकी तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी मिनमाया थापालाई गाउँपालिकाले आर्थिक सहयोग गर्नुका साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । आर्थिक अभावमा उपचारमा कठिनाइ नहोस् भन्नका लागि गाउँपालिकाले बनाएको कार्यविधिअनुसार उहाँलाई उपचार खर्च प्रदान गरिनुका साथै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको हो । हेमोडायलासिसका साथै अन्य उपचार गर्नका लागि आर्थिक अभावमा छटपटाइरहनुभएकी ती महिलालाई गाउँपालिकाले रु ५० हजार र अध्यक्ष शुक्र चुमानले व्यक्तिगतरूपमा रु १० हजार सहयोग गर्नुभएको छ ।

यसका साथै गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत उहाँलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद साहले जानकारी दिनुभयो । “हिजो राति ८ बजे उहाँलाई लिएर अस्पतालमा भर्ना गराएर उपचार गरायाँै, उहाँको स्वास्थ्य अवस्था राम्रो भएको छ”, उहाँले भन्नुभयो । आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि गाउँपालिकाले विपन्नलाई सहयोग गर्दै आएको छ । “पैसा नभएर रोग लुकाउन बाध्य हुने, पैसा नभएर उपचार गर्नबाट बञ्चित हुनेलाई लक्षित गरी गाउँपालिकाले आर्थिक सहायता दिने नीति लिएको छ”, अध्यक्ष चुमानले भन्नुभयो ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?