Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छः एमाले


काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेका राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रश्तुत गर्ने निर्णय गरेका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए । उनले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताएका छन् ।

नेकपा एमाले र नेपाली काँग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताएका छन् ।

सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताए । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

उपमहासचिव ज्ञवालीले भने , ‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल गरेका छौँ । सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रिय कमिटीको बैठक समक्ष प्रश्तुत गर्ने निर्णय गरेको छ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ । यो नयाँ सरकार बनेपछि बस्न लागिरहेको पहिलो बैठक बसिरहेको हुनाले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य शुरु गर्नुप¥यो । यसको औचित्य, त्यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरु के हुन् ? त्यसको विषयमा चर्चा गरेका छौँ । सरकार गठन यतापटिको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको, केही महत्वपूर्ण कामहरु भएको छ । थुप्रै कामहरु गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ ।’

उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको बताएका छन्  ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?