Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

दोदा नदीमा तटबन्ध निर्माण हुँदै


लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ ।

प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताउनुभयो । उहाँका अनुसार तटबन्ध निर्माणकार्य तीन खण्डमा हुने छ । “चालु आर्थिक वर्षभित्रै तटबन्ध निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्धारित समयभित्रै तटबन्ध निर्माण पूरा हुन्छ ।” गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले नदीमा तटबन्ध निर्माण हुँदा बर्सेनि जग्गा कटानी भइ केही परिवार विस्थापनमा परेको र केही परिवार विस्थापनको सङ्घारमा रहेको बताउनुभयो । “तटबन्ध निर्माण भएपछि नन्दगाउँ, कञ्ज, कस्वालगायतका चार सय परिवार नदीको जोखिमबाट जोगिन्छन्”, उहाँले भन्नुभयो, “धेरै अघिदेखि तटबन्धको माग गर्दै आएका हौँ, तटबन्ध निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुसी छन् ।”

तटबन्ध निर्माणले थोरै क्षेत्रका बासिन्दाको नदीको बाढीबाट सुरक्षा हुने भएको उल्लेख गर्दै उहाँले गुरुयोजना बनाइ गाँउपालिका क्षेत्रमा पर्ने नदीको पूरै क्षेत्रमा तटबन्ध निर्माण गरिनुपर्ने बताउनुभयो ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?