Trending
>>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया >>   मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल >>   धराने जनताको खानेपानी समस्या चालु वर्षभित्रै समाधान हुन्छ : खानेपानीमन्त्री यादव >>   एकले अर्कोलाई छेकेर देश चल्न सक्दैन : मेयर हर्क साम्पाङ >>   निर्वाचन आयोगमा धमाधम दल दर्ताः ०८४ लाई थपियाे नयाँ दल ! >>   अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवा पुगे >>   यस्ताे बन्याे ‘हेर्ने कथा’ बाट परिवार भेटेका प्रकाश तामाङकाे घर ! >>   खेम सेन्चुरिका टिप्पणी बारेमा… >>   महिलासँग डराएर ५५ वर्ष गुप्तबास !
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग


काठमाडौँ। तीन दलका सांसदहरुले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समिति बैठकमा बोल्दै नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभापति पोखरेलको राजीनामा मागेका हुन् । सांसदहरुले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने र सभापति माथि विभिन्न प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारका अनियमितताका विषयमा प्रश्न उठाउने सार्वजनिक लेखा समितिलाई सरकारले वन्धक बनाउन खोजेको आरोप लगाएका छन् । उनले सरकार पक्षले नै समिति सभापति राखेर वन्धक बनाउन नहुने बताए । उनले लेखा समितिको सभापति पद प्रतिपक्षले पाउने अन्तर्राष्ट्रिय अभ्यास र संसदीय व्यवस्थाको मान्यता दुवै भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गरेका छन् । उनले सार्वजनिक लेखा समितिले सरकारको लाचार छायाँ बनेको बताउंदै उनले सभापतिको परम्परा के थियो हेर्ने र सच्याउनुपर्ने भन्दै लेखा समितिको नेतृत्व प्रतिपक्षका नहुँदा समितिजस्तो नहुने टिप्पणी गरेका छन् । उनले लेखा समिति प्रतिपक्षले पाउने हो सत्ता पक्षले राखेर बन्दी जस्तो बनाउन नहुने सांसद शर्माको भनाई थियो ।

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने बताउदै उनले परम्परा र विश्वव्यापी प्रचलनअनुसार लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्ने माग गरेका छन् । उनले विगतदेखि यस्तो परम्परा तोडिँदै गएको बताउदै नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको नेतृत्वमा हुँदा पनि परम्परा तोडिएको बताए । लेखा समिति सभापति सत्ता पक्षले छाडेर प्रतिपक्षलाई दिने प्रचलन रहेको दोहोर्याउदै सांसद केसीले परम्परा तोडिँदै गएको भन्दै त्यसलाई सुधार गरी सच्याउनुपर्ने आवश्यकता रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गर्दै उनले विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि आग्रह गरेका छन् । उनले लेखा समिति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने बताउदै उनले समिति सभापतिका विषयमा कुरा मात्रै हुने तर निरन्तरता एउटै मात्रै रहेको उल्लेख गरे । उनले समितिले प्रिमियममा आईपीओ निष्कासन गर्न नदिन निर्देशन दिएपनि अध्यादेशमा प्रिमियममा आईपीओ निष्काशन गर्ने दिने गरी आउनु जायज नभएको बताए ।

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छायाँ बनेको आरोप लगाउदै सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँ जस्तो भएर सरकारले गरेका नराम्रा कामको ढाकछोप गर्ने काम गरिरहेको बताए। उनले लेखा समितिको नेतृत्व प्रतिपक्षिलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोप लगाउदै लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने भएपनि सत्ता पक्षले नै नेतृत्व राखि रहेको बताए । उनले सभापतिले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रसस्त गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अर्का सांसद अमनलाल मोदीले सभापतिको बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न बारम्बार माग गर्दै आएको बताउदै विगतमा एक्लै आवाज उठाए पनि अहिले समितिमा धेरै सांसद र दलहरुको धारणा सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने कुरा आउन थालेको बताए । उनले सार्वजनिक लेखा समिति सरकारको चेक इन ब्यालेन्सका लागि भएकाले प्रमुख प्रतिपक्षको हुनुपर्ने विश्वव्यापी मान्यता रहेको बताएका छन् ।

उनले विगतमा नेकपा एमाले प्रतिपक्षमा हुँदा समिति सभापति प्रतिपक्षलाई दिन माग गर्दै बैठक बहिस्कार गरेका समेत इतिहास रहेको बताउदै उनले सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिनको लागि संविधान संशोधन आवश्यक नभएको बताए ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?