Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया


काठमाडौँ। कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले महान्यायाधिवक्ताको कार्यालयले गरेको कामको समेत उच्च मुल्याङ्कन गर्नुपर्ने बताएका छन् । उनले महान्याधिवक्तालाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाउनुपर्ने समेत बताउदै विभिन्न लोकतान्त्रिक देशहरुमा महान्यायाधिवक्ता नै प्रधानमन्त्रीको सल्लाहकार बस्ने गरेको बताउदै उनले महानायाधिवक्ताले कार्यसम्पादनका क्रममा भएका त्रुटिहरु सच्याउनुपर्ने बताएका छन् ।

उनले भने, ‘अभियोजन लाग्ने बित्तिकै कोही मान्छे दोषि पनि हुँदैन र सबै मानछे निर्दोष हुन्छ भनने कल्पना पनि गर्नु हुँदैन । हाम्रो नेपालको जुन कोर्ट छ त्यो अब्बल छ । महान्यायाधिवक्ताको कार्यालयले गर्नुभएको कामको पनि उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्य लोकतान्त्रिक देशहरुमा पनि रिटर्नी जनरल सरकारको प्रमुख सल्लाहकार हुन्छ । कानून मन्त्रीलाई नै रिटर्नी जनरल बनाउने हो भने सरकार परिवर्तन हुनासाथ ति पनि परिवर्तन भइहाल्छन् नि त । महान्यायाधिवक्ताको कार्यालयमा स्थायी निकाय छ । नायव महान्यायाधिवक्ताज्यु हुनुहुन्छ । उहाँहरु पनि स्थायी हुनुहुन्छ । र सरकारको कानूनी सल्लाह दिने कुराहरु र केही जटिल विषयमा निर्णय लिने कुराहरु बाहेक सबै कामहरु त उहाँहरुले गर्नुहुन्छ । त्यसकारण अहिले जुन प्रकारको कार्य सम्पादन महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छ । त्यो सन्तोसजनक नभएपनि उहाँहरुले सुधार गर्नुहुन्छ ।’

उनले महान्यायाधिवक्ताको कार्यालयका समस्या र स्रोत व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?