Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया


काठमाडौँ। कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले महान्यायाधिवक्ताको कार्यालयले गरेको कामको समेत उच्च मुल्याङ्कन गर्नुपर्ने बताएका छन् । उनले महान्याधिवक्तालाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाउनुपर्ने समेत बताउदै विभिन्न लोकतान्त्रिक देशहरुमा महान्यायाधिवक्ता नै प्रधानमन्त्रीको सल्लाहकार बस्ने गरेको बताउदै उनले महानायाधिवक्ताले कार्यसम्पादनका क्रममा भएका त्रुटिहरु सच्याउनुपर्ने बताएका छन् ।

उनले भने, ‘अभियोजन लाग्ने बित्तिकै कोही मान्छे दोषि पनि हुँदैन र सबै मानछे निर्दोष हुन्छ भनने कल्पना पनि गर्नु हुँदैन । हाम्रो नेपालको जुन कोर्ट छ त्यो अब्बल छ । महान्यायाधिवक्ताको कार्यालयले गर्नुभएको कामको पनि उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्य लोकतान्त्रिक देशहरुमा पनि रिटर्नी जनरल सरकारको प्रमुख सल्लाहकार हुन्छ । कानून मन्त्रीलाई नै रिटर्नी जनरल बनाउने हो भने सरकार परिवर्तन हुनासाथ ति पनि परिवर्तन भइहाल्छन् नि त । महान्यायाधिवक्ताको कार्यालयमा स्थायी निकाय छ । नायव महान्यायाधिवक्ताज्यु हुनुहुन्छ । उहाँहरु पनि स्थायी हुनुहुन्छ । र सरकारको कानूनी सल्लाह दिने कुराहरु र केही जटिल विषयमा निर्णय लिने कुराहरु बाहेक सबै कामहरु त उहाँहरुले गर्नुहुन्छ । त्यसकारण अहिले जुन प्रकारको कार्य सम्पादन महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छ । त्यो सन्तोसजनक नभएपनि उहाँहरुले सुधार गर्नुहुन्छ ।’

उनले महान्यायाधिवक्ताको कार्यालयका समस्या र स्रोत व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?