Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल


काठमाडौँ। महान्यायाधिवक्ता रमेश वडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले आफू नियुक्त भएदेखि मुद्दा चलाउनु/नचलाउनु भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको बताउदै आजसम्म मुद्दा चलाउने र नचलाउने निर्णय भएका सम्पूर्ण प्रक्रियाको जिम्मेवार आफू र महान्यायाधिवक्ताको कार्यालय भएको उनको भनाइ छ । यद्यपि अन्य राजनीतिक दलका नेताहरुले महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावमा पार्न खोज्ने गरेको उनले बताएका छन् ।

उनले मुद्दा चलाउने निर्णय भएका विषयमा राजनीत दलका नेताहरुले प्रभाव पार्न खोज्ने गरेको भएपनि आफू कानूनको परिधिमा रहेर निर्णय लिन गरेको बताउंदै उनले फौजदारी कार्यविधि संहिता संशोधन गरिरहेको उल्लेख गर्दै विगो निर्धारणलाई वैज्ञानिक बनाउने बताए । उनले विगोसम्बन्धी कानूनमा केही पनि उल्लेख नगरिएको उल्लेख गर्दै कार्यदलले दिएको सुझावका आधारमा ऐन बनाउनुपर्ने बताएका छन् ।

बैठकमा मंगलवार महान्यायाधिवक्ताको कार्यालयका कामकारबाहीबारे छलफल गरेको छ ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?