Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

धराने जनताको खानेपानी समस्या चालु वर्षभित्रै समाधान हुन्छ : खानेपानीमन्त्री यादव


काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको र समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने बताउंदै जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिटै टेण्डर आह्वान गरी धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध रहेको बताएका छन् ।

उनले भने, ‘धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको थियो । सबै अघि बढाइसकेका छौँ । धरानको खानेपानी समस्या समाधान हुन्छ । यसपालि टेण्डर निस्किन्छ । हर्क  साम्पाङजी खुशी भएर नै जानुभएको छ । जग्गा अधिग्रहणको समस्या छ । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिवद्ध छ ।’


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?