Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

खेम सेन्चुरिका टिप्पणी बारेमा…


शिव परियार

कलाकार भाई खेम सेन्चुरिका टिप्पणी बारेमा…
मैले पढेको सङ्गीतको साष्त्रमा सङ्गीतको कुनै जात, धर्म, बर्ग, रंग र भुगोल हुँदैन भनेर नै लेखिएको छ | म त्यहि साष्त्रको लेखाई अनुसार नै सङ्गीतमा जीवन बाँच्ने यात्रा मै छु, प्रयास गरिरहेको छु | तर मेरो देशमा सङ्गीतकर्मि कलाकारको केहि बखेडा आउँनसाथ सुरुमा जात र बर्गमा नै प्रहार गर्ने गरिएको छ| यस पटक कलाकार खेम सेन्चुरि भाईको हकमा पनि यस्तै भयो|

सदियौंकाल देखि सङ्गीतमा जात नै खोजिरहेका, सङ्गीतमा जात नै सुनिरहेका र आजपनि सङ्गीतमा जात नै खोज्ने र जात नै सुन्न चाहनेहरुका निकृष्ट अवशेषहरु नै हुन आजको युगमा पनि सामाजिक संजालमा स्वभाविक बैचारिक संवाद वा बिरोधको सट्टा बारम्बार जात जात भनेर जात मै जोडेर अत्यन्त निच र निकृष्ट भाषा प्रयोग गरेर कलाकारलाई सामजिक संजालमा गाली गर्नेहरु | यिनिहरु सङ्गीतका श्रोता भन्दा पनि जातका श्रोता र हिमायतिहरु हुन | सङ्गीतको वास्तबिक बिकासमा यस्ता सोच र बिचार राख्नेहरु भएपनि नभएपनि सङ्गीत जगतलाई खास्सै फरक पर्दैन मेरो बिचारमा |

खेम भाई भिडियो हेर्दा अलिकति अस्वभाविक चैं मलाई पनि लाग्यो है | भविश्यमा आफुलाई छोडेर अरु कोहि जस्तो बन्ने चेस्टा नगर्नु | मौलिक खेम सेन्चुरि नै नेपाली लोक सङ्गीतलाई प्रीय अनि आवश्यक छ | आफुलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्राय नकारात्मक अवस्थाहरु भोग्नु पर्ने हुन्छ | भाई जत्तिको कलाकारले आगामि दिनमा बिचार गर्नुपर्छ | शुभकामना ||


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?