Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

खेम सेन्चुरिका टिप्पणी बारेमा…


शिव परियार

कलाकार भाई खेम सेन्चुरिका टिप्पणी बारेमा…
मैले पढेको सङ्गीतको साष्त्रमा सङ्गीतको कुनै जात, धर्म, बर्ग, रंग र भुगोल हुँदैन भनेर नै लेखिएको छ | म त्यहि साष्त्रको लेखाई अनुसार नै सङ्गीतमा जीवन बाँच्ने यात्रा मै छु, प्रयास गरिरहेको छु | तर मेरो देशमा सङ्गीतकर्मि कलाकारको केहि बखेडा आउँनसाथ सुरुमा जात र बर्गमा नै प्रहार गर्ने गरिएको छ| यस पटक कलाकार खेम सेन्चुरि भाईको हकमा पनि यस्तै भयो|

सदियौंकाल देखि सङ्गीतमा जात नै खोजिरहेका, सङ्गीतमा जात नै सुनिरहेका र आजपनि सङ्गीतमा जात नै खोज्ने र जात नै सुन्न चाहनेहरुका निकृष्ट अवशेषहरु नै हुन आजको युगमा पनि सामाजिक संजालमा स्वभाविक बैचारिक संवाद वा बिरोधको सट्टा बारम्बार जात जात भनेर जात मै जोडेर अत्यन्त निच र निकृष्ट भाषा प्रयोग गरेर कलाकारलाई सामजिक संजालमा गाली गर्नेहरु | यिनिहरु सङ्गीतका श्रोता भन्दा पनि जातका श्रोता र हिमायतिहरु हुन | सङ्गीतको वास्तबिक बिकासमा यस्ता सोच र बिचार राख्नेहरु भएपनि नभएपनि सङ्गीत जगतलाई खास्सै फरक पर्दैन मेरो बिचारमा |

खेम भाई भिडियो हेर्दा अलिकति अस्वभाविक चैं मलाई पनि लाग्यो है | भविश्यमा आफुलाई छोडेर अरु कोहि जस्तो बन्ने चेस्टा नगर्नु | मौलिक खेम सेन्चुरि नै नेपाली लोक सङ्गीतलाई प्रीय अनि आवश्यक छ | आफुलाई छोडेर अरुजस्तो बन्ने प्रयास गर्दा प्राय नकारात्मक अवस्थाहरु भोग्नु पर्ने हुन्छ | भाई जत्तिको कलाकारले आगामि दिनमा बिचार गर्नुपर्छ | शुभकामना ||


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?