भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार भैरहवा पुगेका छन्। जिल्ला अदालत, रुपन्देहीमा दायर भएको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सुनुवाइका लागि उनी भैरहवा पुगेका हुन्।
सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो। बुधबार बिहान उनी अदालतमा हाजिर हुने तयारीमा छन्।
प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार