Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

न्यूनतम् पारिश्रमिक वृद्धि गरिनुपर्नेमा पत्रकारहरुको जोड


खोटाङ । पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि गरिनुपर्नेमा यहाँका पत्रकारहरुले जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आज दिक्तेलमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरुले न्यूनतम पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गरिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण समितिले मोफसलमा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई समेत सम्बोधन गर्नेगरी ऐन संशोधन गर्नुपर्ने बताए।

अन्तरक्रियालाई सम्बोधन गर्दै समितिका सदस्य टेनिस रोकाले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जिम्मा नेपाल सरकारको भएकाले कार्यक्रममा उठेका विषयहरुलाई सम्बन्धित ठाउँमा पुर्याएर सम्बोधन गराउने प्रतिबद्धता जनाए ।

उनले भने, “तपाईँहरूले दिनुभएको सुझाव तथा गुनासालाई समेटेर प्रतिवेदन तयार पार्छौँ । हामीले तयार पारेको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएर कार्यान्वयन गर्न लगाउँछौँ ।”

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखासँगको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको हो । यसैबीच, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले पत्रकार महासङ्घको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ ।


प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?