Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन् ।

आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन नटिक्ने भन्नेकुरा हल्लामात्रै भएको बताएका छन् । उनले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताउदै नेकपा एमाले र नेपाली काँग्रेसले गरेको सात बुँदे सहमतिअनुसा रनै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दाबी गरेका छन् ।
उनले संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताउदै उनले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताएका छन् ।

उनले भने, ‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ । र हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ । संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो । त्यसको पहिचान गरेपछि सबै राजनीतिक दलहरुलाई ति विषयमा सहमति गरेर सबै राजनीतिक दलहरुका बीचमा वार्ता र संवादमार्फत संविधानका संशोधन गर्नुपर्ने अन्तरवस्तुमा सहमति गरिसकेपछि प्रक्रिया शुरु हुन्छ । १० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्छ । त्यसमा सबै राजनीतिक दलका बीचमा सहमतिको वातावरण बन्नपर्छ । के संशोधन गर्ने भन्नेमा सहमति गर्नपर्छ र मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने हो । के संशोधन गर्ने भन्नेमा हामीले दुई दलको कार्यदल बनाएर काम शुरु गरेका छौँ ।’


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?