Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन् ।

आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन नटिक्ने भन्नेकुरा हल्लामात्रै भएको बताएका छन् । उनले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताउदै नेकपा एमाले र नेपाली काँग्रेसले गरेको सात बुँदे सहमतिअनुसा रनै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दाबी गरेका छन् ।
उनले संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताउदै उनले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताएका छन् ।

उनले भने, ‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ । र हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ । संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो । त्यसको पहिचान गरेपछि सबै राजनीतिक दलहरुलाई ति विषयमा सहमति गरेर सबै राजनीतिक दलहरुका बीचमा वार्ता र संवादमार्फत संविधानका संशोधन गर्नुपर्ने अन्तरवस्तुमा सहमति गरिसकेपछि प्रक्रिया शुरु हुन्छ । १० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्छ । त्यसमा सबै राजनीतिक दलका बीचमा सहमतिको वातावरण बन्नपर्छ । के संशोधन गर्ने भन्नेमा सहमति गर्नपर्छ र मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने हो । के संशोधन गर्ने भन्नेमा हामीले दुई दलको कार्यदल बनाएर काम शुरु गरेका छौँ ।’


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?